नेपाल किसान महासंघ धनकुटा -२ को वडा अधिवेशन सम्पन्न

धनकुटा । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ धनकुटा नगरपालिका वडा नं. २ को वडा अधिवेशन तथा अग्रजहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
भीरगाउँमा भएको उक्त वडा अधिवेशनले अध्यक्षमा प्रेमवहादुर खड्का, उपाध्यक्षषमा कमल वहादुर राई, सचिव संगिता कार्की र सदस्यहरुमा अर्जुन राई, बुनुमाया राई, निर्मला वस्नेत, सुजन राई र देवेन्द्र राईलाई चयन गरेको नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राईले बताए ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले अधिवेशनको उद्घाटन गर्दै कृषि क्षेत्रको विकास नभए मुलुकको समग्रह विकास नहुने र नेपालको किसानहरुको जीवनस्तर उकास्न नसके मुलुकमा समृद्धी हुन नसक्ने बताए ।
धनकुटा नगरपालिका वडा नं. २ का सभापति राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाल किसान महासंघ धनकुटाका जिल्ला अध्यक्ष दिलकुमार राई, नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति अभिषेक कर्माचार्य, धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका नेता मञ्जु कार्की, नेपाल तरुण दल भीरगाउँका अध्यक्ष हर्क राई लगायतले नेपाल कृषि प्रधान देश भएकाले नयाँ ढंगबाट कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा रणकुमारी भट्टराई, अप्सरा भट्टराई, लोकवहादुर भट्टराई, हस्तमाया राई, कृतिमान भट्टराई, मानबहादुर भट्टराई, कृष्ण खड्का, हमेन्द्र खड्का लगायतलाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस