आज जनयुद्ध दिवस मनाइँदै, एक दर्जन पालिकाले दिए सार्वजनिक विदा

Pla nepal photo prakash mathema

काठमाडौं । आज जनयुद्ध दिवस । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । नेकपा माओवादी केन्द्रले २०५२ साल फागुन १ गते आजैका दिन सशस्त्र युद्धको थालनी गरेको थियो ।

२०७९ साल माघ २९ गते बसेको तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले हरेक वर्षको फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को उक्त निर्णय सर्वोच्च अदालतले २०८० पुल १३ गते जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गर्ने आदेश दिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध द्वन्द्वपीडितका तर्फबाट अदालतमा परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय संविधानको भावनाविपरीत रहेको ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले गत वर्ष पुस १३ मा सार्वजनिक बिदा खारेज गरिदिएको हो  ।

माओवादी केन्द्रले ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन मातहतका कमिटीमा सर्कुलर गरेको छ । बुधबार पार्टीका तर्फबाट मुख्य सचिव गणेशमान पुनले सबै कमिटीहरूलाई सर्कुलर पठाउँदै जनयुद्ध दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् ।

२०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो ।

जनयुद्धले सामन्ती अधिनायकवादी राजतन्त्रका जरा खल्बल्याउने काम गरेको थियो । त्यसकै जगमा २०६२–६३ को कांंग्रेस, एमाले, माओवादी र मधेसकेन्द्रित दललगायत सबै राजनीतिक दलको संयुक्त जनक्रान्तिले राजतन्त्र ढालेर गणतन्त्र ल्याएको थियो । परिणामस्वरूप २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा चुनावमा नेकपा माओवादी प्रत्यक्षमा १२० सिट जितेर पहिलो राजनीतिक शक्ति बन्यो 

२००४ सालमा गठित सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेस ३७ सिटले दोस्रो शक्ति बन्यो । ऐतिहासिक झापा विद्रोहको जगमा खडा भएको नेकपा एमाले ३३ सिटमात्र ल्याएर तेस्रो शक्ति बन्यो । यसरी माओवादी पार्टी एकीकृत हुँदा देशको पहिलो शक्ति बनेको थियो ।

पालिकाले दिए सार्वजनिक विदा
सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा तहसम्म विभिन्न कार्यक्रम गर्दै छन् ।

सर्वोच्चको आदेशपछि संघ सरकारले बिदा नदिए पनि केही स्थानीय तहले गत वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ को बिदा दिएका थिए । यो वर्ष पनि माओवादी सशस्त्र विद्रोहको आधार इलाका मानिएको रोल्पाका १० मध्ये माओवादीले जितेका ७ स्थानीय तहमा सार्वजनिक बिदा घोषणा गरिएको छ । रोल्पा नगरपालिकासहित सुनिल स्मृति, लुङ्री, माडी, सुनछहरी, थबाङ र परिवर्तन गाउँपालिकामा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिइएको हो । रोल्पाका त्रिवेणी, रुन्टीगढी र गंगादेव गाउँपालिकामा भने बिदा दिइएको छैन । त्रिवेणीमा एमालेले तथा रुन्टीगढी र गंगादेवमा कांग्रेसले अध्यक्ष पद जितेको छ ।

त्यही अवसरका कोशी प्रदेशका ७ वटा स्थानी तहले सार्वजनिक बिदा दिएका छन् । सर्वाेच्च अदालतको आदेशसँगै गृह मन्त्रालयले हिजो सुचना जारी गर्दै सार्वजनिक विदा स्थगित गरेको सुचना प्रकासन गरेको छ ।

‘जनयुद्ध दिवस’को अवसरमा पाँचथरको मिक्लाजुङ गाउँपालिका, उदयपुरको लिम्चिङबुङ गाउँपालिका, खोटाङको खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले सार्वजनिक सूचना निकालेर बिदा दिएको घोषणा गरेका छन् ।

केही वडाहरुले पनि सार्वजनिक दिएका छन् । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले उपनिर्वाचन समेत गरेर १३ वटा पालिका जितेको थियो । तर कार्यपालिकामा बहुमत पुग्ने पालिकाले मात्रै बिदा दिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...