वार्ता असफल भएपछि नो केबलकार समुहद्धार आन्दोलनका कार्यक्रम घोषणा, काट्न थालियो रुख

काठमाडौं । पाथीभमा केबलकार बनाउन माग राख्दै आएको नो केबलकार समुहले ७ बुँदे संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
सरकारसँग भएका वार्ताका क्रममा आफ्ना माग पूरा नहुने देखिएपछि नो केबलकार समुहले सरकारले आफ्ना मागहरु पुरा गर्नुको सट्टा अलमलाउने, थकाउने र जसरी पनि केबलकार बनाउने मुडमा रहेको उल्लेख गर्दै बिभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
गत माघ २२ गते भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति भएपनि कार्यन्वयन नभएकाले मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गरेका थिए । पुन दोश्रो पटक वार्ताका लागि हिजो बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आफ्ना मागहरु राजनीतिक तवरका भएकाले कर्मचारीबाट कार्यन्वयन नहुने निश्चित भएको ठहर गर्दै मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गर्दा पनि पुरा नभएकाले सडकमा जान बाध्य भएको सोमबार सार्वजनिक गरेको बिज्ञप्तीमार्फत उल्लेख गरेका न् ।
संघर्षका कार्यक्रमअन्तर्गत फागुन ९ गतेसम्म कोशी प्रदेशमा रहेका ग्लोबल आईएमइ बैँकसहित आइएमइ समुह बहिस्कार गर्ने, फागुन ६ देखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, फुङलिङ नगरपालिकाको कार्यलय घेराउ गर्ने भएका छन् । त्यस्तै केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्ने, मुलुकका बिभिन्न स्थानमा बिरोध सभा तथा सरकारलाई ध्यानाकर्ष गराउँदा समेम बेवास्ता गरे अनिश्चिलिन यातायात बन्द र आमहड्ताल गर्ने लगायतका आन्दोलनका चरणहरु सार्वजनिक गरेका छन् ।
नो केबलकार सुमह र प्रहरीबीच भएको झडपमा चलेको गोलि लागेर आफ्ना कार्यकर्ता घाईते भएपछि अनिश्चित यातायात बन्द गरेका थिए । सरकारसँग भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति पश्चात बन्द फिर्ता लिएका थिए । तर आफुहरूले हिजो साँझसम्मको अल्टिमेटम दिँदा समेत बेवास्ता गरेकाले संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको नो केबलकारलाई समर्थन गर्ने दल तथा संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेको बिज्ञप्तीमा उल्लेख छ ।
यता, गृह मन्त्रालयले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङस्थित ‘नो केबलकार’ आन्दोलनरत् पक्षलाई पुनः वार्तामा आउन आह्वान गरेको छ । बुधबार वार्ता समिति संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी आन्दोलनरत् पक्षलाई वार्तामा आउन अनुरोध गरेका हुन् ।
सरकारले माग पूरा सम्बोधन नगरेको भन्दै माघ २९ गतेबाट मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त संघर्ष समितिले आन्दोलन सुरू गरेको थियो । वार्ता समिति पदाधिकारीले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने सर्त राखेका छन् । तर, गृहमन्त्री लेखकले राजनीतिक नेतृत्वबाट वार्ता नहुने भन्दै समितिलाई नै विवाद टुंग्याउन निर्देशन दिएका छन् ।
रुख काट्न थालियो
सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रुख कटान गरेको छ । बुधबार बिहान बटम स्टेसन माथिका रुखहरु कटान गर्न थालिएको हो ।
यसअघि गत जेठको पहिलो हप्ता (१ गते) ८० प्रतिशत रुख कटान गरेको थियो । बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रुख मात्रै बाँकी रहेको छ । वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो । तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रुख कटान गरिएको कम्पनीका प्रतिनिधिले बताएका छन् ।
डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार ठुला रुख २१ सय १४ वटामा टाँचा लगाइएको थियो । ठुला, साना, पोथ्रा, पोथ्री गरी छ हजार रुख कटान हुने उल्लेख छ । रुख कटान भएको क्षेत्रमा आन्दोलनरत समूहले वृक्षरोपणसमेत गरेको थियो भने पहिलो चरणको रुख कटानप्रति आपत्ति जनाउँदै बन्द हडताल लगायतका कार्यक्रम गरिएको थियो ।
प्रतिकृया दिनुहोस