किसान महासंघको वडा समिति गठन

Hile news

धनकुटा । नेपाली कांग्रेस निकटको नेपाल किसान महासंघ धनकुटाले वडा तहसम्म समिति गठन अभियान तीव्र बनाएको छ ।

सो क्रममा धनकुटा नगरपालिका वडा नं. १ मा वडा समिति बनाएको छ । हिलेमा अज भएको चौथो वडा अधिबेसनले राजन कोइरालाको अध्यक्षता मा ९ सदस्य वाड कार्यसमिति गठन गरेको छ । सको उपाध्यक्षमा पूर्ण घिसिङ र प्रेमबहादुर कार्की, सचिवमा नगेन्द्र बुढाथोकीचयन हुनुभएको छ । महासंघमा आशा विक, यसोधा आले, विक्रम तितुङ, तोर्णबहादुर घिमिरे, रमना विक सदस्य चयन भएका छन् ।

पछिल्लो समयमा नेपाली कांग्रेसप्रति किसानहरुको विश्वास बढ्दै गएकाले पनि वडा तहसम्म समिति गठन गर्न सजिलो भइरहेको नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राईले बताए । सो वडा अधिवेसन उद्घाटन कार्यक्रममा पार्टी सचिव विजय सन्तोषी राई, उपसचिव श्रीराम रायमाझी, तरुण दल जिल्ला अध्यक्ष अमित लो तामाङ, कोषाध्यक्ष सरस्वती मगर लगायतको सहभागीता रहेको थियो । सो अधिवेसन वीर बहादुर तितुङको सभापतित्वमा भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सहिदभुमीमा एकीकृत घुम्ती शिविरमा वडाबासीको घुइँचो

Sahidvumi ghumti shibir

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले एकीकृत घुम्ती शिविरलाई तीव्र बनाएको छ । सो शिविरमा वडावास...