राप्रपा अध्यक्ष लिङदेन भन्छन्, रास्वपा सभापति लामिछानेको मात्रै होइन, सबै नेताको सम्पत्ति छानविन गरौं

Rajendra lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेको मात्रै होइन, सबै पार्टीका नेताहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले रास्वपा सभापति रवि लामिछाने ८४ दिन हिरासतमा बस्नुपर्ने तर त्यस्तै मुद्दामा अरू पार्टीका नेता भने हिरासत बस्न नपर्ने पक्षपात भएको बताए । उनले लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको डण्डा चलाए पनि अरू नेताको गर्नुपर्ने कि नगर्ने रु भन्दै प्रश्न गरे ।

उनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाएका छन् । अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको भान भएको बताए । उनले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको पनि उल्लेख गरे ।

‘तपाईंको यो ६ महिने कार्यकालमा अहिले पनि तपाईंको वरिपरिका मान्छेहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदमा करोड–करोड अफर गरिरहेका छन्,’ लिङ्देनले सम्बोधनको क्रममा भने, ‘तपाईंले धक्कुका साथ भन्नुभयो म भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ भनेर । तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईंको वरिपरिकाले गरिरहेका छन् ।’

उनले निरासा जनतलाई आशा जगाउनसमेत सरकारले नसकेको बताए । उनले सरकारले रेमिट्यान्समार्फत आएको पैसासमेत खर्च गर्न नसकेको उल्लेख गरे ।

‘सुशासनको क्षेत्रमा वर्तमान सरकारले के गर्‍यो । निरासा जनतलाई आशा जगाउने के काम गर्‍यो ? देशभित्र कति मान्छेको लागि रोजगारी सिर्जना र अर्थतन्त्रमा के सुधार गर्‍योरु अहिले बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ’, उनले थपे, ‘यो सरकारको कारणले भएको हो ? यो हाम्रा भाइ छोरा बेचेर आएको पैसा हो। सरकारले आएको पैसा खर्च गर्न सकेको छैन भनौं ।’

‘साढे ६ महिनाको वर्तमान सरकारको समय निरासाजनक छ । हामी चाहन्छौं । काँंग्रेस एमाले जस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । सरकारको विरोध मात्रै गर्दैनौं सुधारको अपेक्षा पनि गछौं । तर अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागि रहेको जस्तो लाग्छ’, उनले भने, ‘भ्रष्टाचारसम्बन्धि ऐन पेस हुँदा कुनै पनि पदाधिकारी पदबाट विदा भएपछि पाँच वर्षभित्रमा उजुरी हुनुपर्छ भनिएको थियो । तर प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अछाम घटना : प्रेम प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या, यसरी खुल्यो रहस्य

Achham ghatana

अछाम । अछामको ढकारी गाउँपालिका -१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया...