दलित मुक्ति संगठनको अध्यक्षमा रामऔतार पासवान, बैशाखमा महाधिवेसन गर्ने

Dalit mukti sangathan news photo (2)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्षमा रामऔतार पासवान चयन भएका छन् ।

संगठनले स्थायी कमिटी बैठकले दलित आन्दोलनको अगुवा नेता तथा संविधान सभा सदस्य पासवानलाई चयन गरेको हो । उनी मुक्ति संगठनको बरिष्ठ उपाध्यक्ष थिए ।

पार्टी नेकपा (एकीकृत समाजवादी) को विधानअनुसार पार्टी पदाधिकारी र जनसंगठनको पदाधिकारी एउटै व्यक्ति हुन नमिल्ने व्यवस्था अनुसार संगठनको अध्यक्षबाट गणेश विश्वकर्माले राजीनामा दिएपछि बसेको स्थायी कमिटीको बैठकले पासवानलाई अध्यक्ष बनाएको हो ।

सो बैठकले उपाध्यक्ष तथा कोशी प्रदेशको इन्चार्जमा नेत्र नेपाली (ताप्लेजुङ), उपमहासचिवमा नन्द घतानी (दोलखा) र प्रदीप सोव (कैलाली) तथा सचिवहरुमा क्रमशः प्रेम विश्वकर्मा (दैलेख), निमबहादुर नेपाली (सल्यान) र दुर्गा नेपाली (तनहुँ), केन्द्रीय कोषाध्यक्षमा द्धारिका शंकर (काठमाडौं) र केन्द्रीय कमिटी सदस्यमा सुव्वासाहेव पासवान (रौतहट) लाई मनोेनयन गरेको छ ।

सो बैठकले आगामी २०८२ जेठ २१, २२ र २३ गतेसम्म काठमाडौंमा छैठौं राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख गोपाल बराइलीले जानकारी दिए ।

यसैबीच संगठनले राष्ट्रिय सम्मेलन सफल गराउन २०८१ माघ १ गतेदेखि २०८२ बैशाख मसान्तसम्म ४ महिने ‘संगठन पुनगर्ठन तथा दलित पुनर्जागरण अभियान’ संचालन गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दलित मुक्ति संगठनको अध्यक्षमा रामऔतार पासवान, बैशाखमा महाधिवेसन गर्ने

Dalit mukti sangathan news photo (2)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्षमा रामऔतार पास...