सकियो एमालेको बैठक, कारवाही प्रक्रिया झन कडा बनाइने

Cpn uml kendriye kamiti

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको तीन दिने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीनरतीन मिनेट धारणा राखेका थिए । दुबै प्रतिवेदन पास भएका छन् ।

बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिए । उनले भने, ‘अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरूद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैका विरूद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गरेका छौं ।’

उनले बैठकले काँग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निस्कर्ष निकालेको बताए । बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्र्दभमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत बताए । उनले सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम सफल होस् भन्ने कामना गरेको बताए ।

एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी बाहिर रहेका सबै नेता(कार्यकर्तालाई फर्कन आह्वान गरेको छ। तर, पार्टीको नीतिविपरीत जाने नेता(कार्यकर्तालाई नछाड्ने चेतावनीसमेत दिइएको छ ।

यता बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीत जाने जोकोहीलाई कारबाहीको कडा नीति अवलम्बन गर्ने चेतावनी दिए । अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राख्ने क्रममा धेरै नेताहरूले पूर्व उपाध्यक्ष भीम रावलसहित विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाको कारबाहीको विषय उठान गरेका थिए ।

बैठकको अन्तिम दिन मंगलबार जवाफ दिने क्रममा अध्यक्ष ओलीले पार्टीको हित विपरीत लाग्ने जोकोहीविरुद्ध कडा नीति अवलम्बन गर्ने चेतावनी दिए । उनले केही नेताहरूविरुद्ध परेका कारबाही फिर्ता पनि नहुने अडान राखे ।

गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो । सोही बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो । रावलले दसौं महाधिवेशन यता पार्टीको जिम्मेवारी ननिभएको र पार्टीविरुद्ध गतिविधि गर्दै आएको एमालेले बताएको थियो । विन्दा र उषाकिरणले भने कीर्तिपुरमा बन्ने भनिएको पार्टी कार्यालयका विषयमा सामाजिक सञ्जालमा पार्टीविपरीत अभिव्यक्ति दिएको एमालेले जनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दलित मुक्ति संगठनको अध्यक्षमा रामऔतार पासवान, बैशाखमा महाधिवेसन गर्ने

Dalit mukti sangathan news photo (2)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्षमा रामऔतार पास...