सर्वाेच्च बारमा एमालेलाई लाग्यो धक्का, वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी हुँदा एमाले शुन्य

Meghraj pokharel

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन् ।

अन्य पदमा पनि पोखरेल नेतृत्वको टिमकै वर्चस्व कायम भएको छ । एउटा सदस्य पदमा सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट थिए ।

पोखरेलले ३६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापाले १८१ मत पाए । उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन् । सचिवमा यही टिमबाट रमणकुमार कर्ण र सहसचिवमा पुनदेपी महर्जन निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत निर्वाचित भएका छन् । अन्य विजयी सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी रहेका छन् । उनीहरु सबै पोखरेल नेतृत्वको प्यानलबाटै निर्वाचित भएका हुन् ।

सर्वोच्च अदालत बारमा नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी लयर्स एसोसिएसन (एसपीएलए) ले संयुक्त प्यानल बनाएका थिए । फरक प्यानलबाट सदस्य सतीशराज मैनाली मात्र निर्वाचित भएका छन् । उनी माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) को प्रतिनिधित्व गर्छन् ।

एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बाट पनि कोही पनि निर्वािचत हुन सकेनन् । एमाले, माओवादी, राप्रपा, रास्वपालगायत संगठनले संयुक्त प्यानल बनाएका थिए । बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

रास्वपाका सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकियो

Rabi lamichhane

पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क...