प्रहरीलाई झुक्याउँदै तेस्रो पटकमा आत्महत्या गरे सुस्मिता खड्काको हत्यामा संलग्न थापा

Devbahadur susmita

काठमाडौं । काठमाडौँको एक होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक आज मृत भेटिएका छन् ।

काठमाडौँको पिंगलास्थानस्थित मृत फेला परेकी खड्कासँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा भेटिएका ओखल्ढुङ्गा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ओखल्ढुङ्गाको सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले जानकारी दिए । देवबहादुरसँगै पिंगलास्थानस्थित बागमती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी २२ वर्षीया सुस्मिताको शव गत बुधवार फेला परेको थियो ।

होटलको कोठाको ढोकामा चाबी लगाएको अवस्थामा सुस्मिता मृत भेटिएकाले उनले कर्तव्य गरेर मारेको प्रहरीको निष्कर्ष छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनको मोबाइल लोकेशन ट्रेस गर्दा उनी ओखलढुंगामा देखिएका थिए । काठमाडौंबाट बिहीबार नै अनुसन्धान टोली ओखलढुंगाको सुनकोशी गाउँपालिकाको हर्कपुरस्थित उनको पुर्ख्यौली पुग्यो, तर उनी सम्पर्कमा आएनन् ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार काठमाडौंबाट गएको टोलीले शुक्रबार दिउँसोसम्म उनलाई फेला पारेन । टोली काठमाडौं फर्कियो । लगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले उनी हर्कपुरस्थित घरमै रहेको सूचना पाएपछि शुक्रबार अपराह्न प्रहरी त्यहाँ पुग्यो । थापा प्रहरी पुग्नुअघि नै घरबाट भागे ।

शनिबार स्थानीय सामुदायिक विद्यालयमा सञ्चालित एक परीक्षाको ड्युटीमा खटिएको प्रहरी टोलीलाई थापा फेरि हर्कपुरमा देखिएको सूचना पुग्यो । परीक्षा ड्युटीमा दुई प्रहरी खटाएर अरु प्रहरी थापालाई पक्राउ गर्न उनको घरतर्फ लाग्यो । तर थापा चाहिँ सुनकोशी गाउँपालिका–३ देवीस्थान, सिस्नेरीस्थित जंगलतिर भागे । प्रहरी उनको घर पुग्दा थापा देवीस्थानको जंगल पुगिसकेका थिए । प्रहरी सिस्नेरीको जंगलमा पुग्दा थापाले घाँटीमा पासो लगाई आत्महत्या गरिसकेका थिए ।

देवबहादुर केही अघि जापान गएर आएका र सुस्मिता पनि जापान जाने तयारीमा रहेको जनाइएको छ । देवबहादुर केही समय पहिले मात्रै जापानबाट नेपाल आएका थिए । उनी पुनः जापान जाने तयारीमा थिए । सुस्मिता पनि जापानिज भाषा पढिरहेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

रास्वपाका सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकियो

Rabi lamichhane

पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क...