सिन्धुपाल्चोकमा भूकम्पको धक्का, पुस लागेयता गए ३ म्याग्निच्युडमाथिका ९ भूकम्प

Jajarkot bhukampa

काठमाडौं । काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल(चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलोमिटर पर माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

पुस लागेयता मात्रै नेपालमा ३ म्याग्निच्युडमाथिका ९ भूकम्प गएका छन् । केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।

यीमध्ये ८ भूकम्प त पश्चिम नेपालमा मात्र गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि यही पुस १६ गते बिहान बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पुस लागेपछि सुरुमा २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने लगत्तै पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यसपछि पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो भने पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पुस ६ को भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घर भत्काएकोरचर्काएको थियो । यस्तै पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसपछि पुस १२ गते राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नेपालमा भूकम्प मापन केन्द्रले रेकर्ड गर्न सक्ने खालका भूकम्प औसत रूपमा दैनिक १० पटकसम्म जान्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

त्रिवि स्ववियु सचिवको धर्ना सकियो, ३५ बुँदे सहमतिपछि धर्ना स्थगित

Tu sahamati

काठमाडौं । विश्वविद्यालयको शैक्षिक सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थी र प्रशारसनबीच सहमति भए...