भीम रावलले मातृभूमि जागरण अभियान चलाउने (यस्तो छ रावलको तयारी)

Bhim rawal

काठमाडौं । एमालेबाट निष्कासित नेता भीम रावलले ललिता निवास जग्गा प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेको भन्दै तीन नेतालाई एमालेले गत बुधबार कारबाही गरेको थियो । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । रावललाई पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएकाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको एमालेले जनाएको छ । त्यसप्रति रावल आक्रोसित छन् ।

रावलले भने, ‘हाम्रो गाउँघरतिर सुनाइने एउटा कथा भन्छु । पहिले पहिले चेली (छोरी) लाई विवाह गरेर धेरै टाढा पठाउँथे । कैयौँ खोला तरेर जानुपर्थ्यो । पुल हुँदैनथ्यो । बाआमालाई छोडेर टाढा जानुपर्दा छोरी धेरै रुन्थिन् । बाउआमा पनि रुन्थे । अनि सोध्थिन्– बाबा आमा म अब कहिले आउने भनेर । अनि बाआमाले पनि यसलाई आशामा राख्नुपर्छ भनेर ‘ऊ त्यो लेकको उन्यू जहिले फूल्छ, त्यही दिन तिमि आउनू ।’
एमालेले पार्टीबाट साधारण सदस्यतासमेत नरहनेगरी कारवाही गरेपछि रावलले नयाँ पार्टीको घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाउने भएका छन् । देशभक्तिपूर्ण बैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको छ,’ रावलले भने, ‘यसै दिशामा हाम्रा कदम अगाडि बढ्ने छन् ।’

उनले नेपाली कांगेस (बीपी) र पूर्व सैनिकहरुको संगठनसँग एकता हुनसक्ने संकेत समेत गरे । ‘आजको उपस्थितिले देशको सर्वोपरी हितको भावनालाई प्रतिबिम्बित गर्छ भन्ने ठानेको छु,’ उनले भने, ‘अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ ।’

राजनीतिक परिवर्तनपछि जनताको अपेक्षा अनुसार राजनीति, राज्य र दलहरु अग्रसर नभएको उनको निष्कर्ष छ । उनले भने, ‘राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमान समेत चुनौतिग्रस्त बनेको छ । यस्तो स्थितिमा राजनीतिक दल र सरकार बढी जिम्मेवार, राष्ट्रिय हितमा कटिबद्ध हुनुपर्थ्यो । सुशासन र जनताको हितमा तल्लीन हुनुपर्थ्यो । तर आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अबमुल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा घर्केलिएको छ ।’

भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापका विरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनुपर्ने बताए । उनले भने, ‘राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । मातृभूमि जागरण जनभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्याहरुको समाधान र चुनौतीहरुको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनु पर्छ ।’

हेर्नुस् पूर्णपाठ:

प्रतिकृया दिनुहोस

साताको लोकपृय

त्रिवि स्ववियु सचिवको धर्ना सकियो, ३५ बुँदे सहमतिपछि धर्ना स्थगित

Tu sahamati

काठमाडौं । विश्वविद्यालयको शैक्षिक सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थी र प्रशारसनबीच सहमति भए...