भेडेटारमा १२ औं परिकार महोत्सव शुरु, दुई जना सञ्चारकर्मी सम्मानित
धनकुटा । अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा पर्यटकीयस्थल धनकुटाको भेडेटारमा १२औं परिकार महोत्सव शुरु भएको छ ।
होटल एसोशियशन भेडेटारले प्रत्येक नयाँ वर्षमा परिकार महोत्सव गर्दै आएको छ । खासगरी एसोसियसनले भारतीय नागरिकलाई लक्षित गर्दै महोत्सवको आयोजना गर्दै आएको छ ।
सो अवसरमा धनकुटा र सुनसरीका दुर्य जना सञ्चारकर्मीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको छ । एसोसियसले कान्तिपुर टेलिभिजनका उपसम्पादक विनोद घिमिरे र कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेतलाई सम्मान गरेको छ । कोशी प्रदेश सरकारका पर्यटमन्त्री षडानन्द मण्डलले सम्मान पत्र र नगदसहित आजदेखि सुरु भएको भेडेटार फुड फेष्टिबल २०८१ को अवसरमा सम्मान गरेका हुन् ।
घिमिरे । बस्नेतलाई धनकुटाको साँगुरी गाउपालिका तथा आसपासका रमणीय एतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार समाचार मार्फत पर्यटन प्रव्रद्धनका लागि पत्रकारिताको माध्यमद्धारा महत्वपुर्ण योभगदान फुर्याएकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।
परिकार महोत्सवको उद्घाटन कोशी प्रदेशका वन वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डलले गरे । ३ दिने महोत्सवमा राई, लिम्बू, मगर, नेवार सहित अन्य विभिन्न जातिका मौलिक परिकार राखिएको छ । यस्तै अर्ग्यानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका स्टल छन् ।
पुस १८ गतेसम्म सञ्चालन हुने परिकार महोत्सवमा पाथीभरा मन्दिर, ऐतिहासिक साँगुरीगढी, नाम्जे होमस्टे, नमस्ते झरना, शखंपार्क, काम्फेक क्षेत्रको पदयात्रा, साइक्लीङ, चाल्सप्वाइन्टको स्काइवाकका लागि एकीकृत प्याकेजको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । महोत्सव अवधिमा आगन्तुकहरूले नमस्ते झरनामा क्यानोइङ, जीपलाइन र प्याराग्याइडिङ जस्ता साहसिक खेलको आनन्द लिनसक्ने आयोजक होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।
कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो, धनकुटाको भेडेटार । समुद्री सतहदेखि १४ सय २० मिटर उचाईमा रहेको भेडेटारमा सदाबहार चिसो हुन्छ । यो सिजन भनेको होटल व्यवसायीका लागि अफ सिजन हो । तर अँग्रेजी नयाँ वर्षको आसापासका दिनहरुमा भने भेडेटारका होटलहरु भरिभराउ भएका छन् । भेडेटार होटल एसोसिएसनले अफ सिजनमा पनि पर्यटक भित्र्याउन अनेक उपाय गर्दै आएको छ । सन् २००८ देखि अँग्रेजी नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष फुड फेस्टिवलको समेत आयोजना हुने गरेको छ । अहिले पनि भारतीय पर्यटकलाई लक्षित गर्दै फेस्टिवलको आयोजना गरिएको
छिनछिनमै मौसम परिवर्तन भइरहने हुनाले पनि धनकुटाको भेडेटार बाह्य तथा आन्तरिक पर्यटकको रोजाईमा पर्छ । अँग्रेजी नयाँ वर्षको अवसरमा घुम्न आउनेहरु बढ्दा होटल व्यवसायीलाई पनि फाईदा भएको स्थानीय होटल व्यवसायी जगतबहादुर राई बताउँछन् । जाडो मौसममा पनि भेडेटारमा दैनिक दुई हजारदेखि २५ सयको सङ्ख्यामा पर्यटकहरु घुम्न आउँछन् । जसमा ४० प्रतिशत जति भारतीय पर्यटक हुने गरेका छन् ।
पूर्वी नेपालमा होटल व्यवसायमा लगानी गर्ने क्रम बढिरहेको छ । ठूला पाँचतारे होटलको निर्माणले समेत गति लिएको छ । यहाँ सानाठूला गरी झण्डै २ सय ५० वटा होटलहरु छन् । अहिले ठुलो लगानीमा होटल खुल्ने क्रम पनि बढेसँगै समग्र धनकुटाको आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ । आधुनिक भेडेटारका पिता भनेर चिनिएका विष्णुराज श्रेष्ठका अनुसार अहिले भेडोटार पूर्वकै प्रमुख पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका पछिल्लो समयमा कोशी प्रदेशकै प्रमुख पर्यटकीय हब बन्दै गएको छ । विश्वका १२ अनौठो गन्तव्य स्थलमध्ये आठौँ नम्बरमा रहेको नाम्जे र आत्मा बस्ने घर, नमस्ते झरना, ध्वजेडाँडा, पाथिभरा मन्दिर, एसियाकै सबैभन्दा ठुलो बरको रुख लगायतका पर्यटकीय स्थल साँगुरीगढीमा पर्छन् । त्यही भएर पर्यटन विकासका लागि लगानी पनि बढाइरहेको पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईको भनाई छ । पालिकाले नयाँ गन्तव्यको खोजीसमेत गरिरहेको छ ।
महोत्सव उद्घाटन कार्यक्रम एसोसियसनका अध्यक्ष तुमराज लिम्बुको अध्यक्षतमा भएको भएको थियो । सो अवसरमा प्रदेशसभा सदस्य निरन राई, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, होटल एसोसियनका केन्द्रिय उपाध्यक्ष रविन गौतम, कोशी प्रदेश अध्यक्ष राजेन्द्र ढुंगाना लगायतले महोत्सवले महोत्सवले भुडेटारको पर्यठन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
प्रतिकृया दिनुहोस