रमेश दियालीको उपन्यास ‘भुसको आगो’ सार्वजनिक

Bhush ko aako pustsk

काठमाडौं । नेपाली साहित्य क्षेत्रमा सक्रिय र प्रतिष्ठित लेखक रमेश दियालीको बहुप्रतीक्षित उपन्यास ‘भुसको आगो’ डिसेम्बर २८, २०२४, कोलम्बस, ओहायोमा औपचारिक रूपमा विमोचन भएको छ ।

विश्वकर्मा समाज अमेरिकाले आयोजना गरेको विशेष कार्यक्रममा सो पुस्तकको विमोचन गरिएको छ । सो पुस्तक विमोचन कार्यक्रममा कला, साहित्य, र संस्कृतिसँग जोडिएका चर्चित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

‘भुसको आगो’ इन्डिगो इन्कद्वारा प्रकाशित उपन्यास हो, जसले समाजमा देखिने जटिल यथार्थ, प्रेम, संघर्ष, र पात्रहरूको गहिरो भोगाइलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

नेपाली समाजको सामाजिक जनजिवनको चरित्र सम्बन्धमा नाली वेली सहितका वास्तविक कथा व्यथामा आधारित साहित्यक विधामा अर्को एक विधा ‘भुसकोे आगो’ थपिएको छ ।

इन्डिगो इन्कद्वारा प्रकाशित ‘भुसकोे आगो’ केवल कथा मात्र नभएर समाजको वास्तविक चरित्र सम्बन्धि ऐना हो, जसले मानवीय जीवनमा देखिएका र सधै भोगिएका अफ्ठ्यारा अवस्थाहरू र तिनले ल्याउने असर/प्रभावलाई गहिरो रूपमा उजागर गरेको लेखक दियालीले बताए । उनले उपन्यासलाई नेपाल लगाएत अन्य क्षेत्रका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध गराईने पनि बताए ।

लेखकका अनुसार, यो उपन्यास समाजको ऐना हो, जसले मानवीय सम्बन्ध र जीवनका यथार्थलाई नजिकबाट उजागर गर्छ । कार्यक्रममा लेखक रमेश दियालीले उपन्यासबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुका साथै पाठकहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर हुनेछ । उपन्यासले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

त्रिवि स्ववियु सचिवको धर्ना सकियो, ३५ बुँदे सहमतिपछि धर्ना स्थगित

Tu sahamati

काठमाडौं । विश्वविद्यालयको शैक्षिक सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थी र प्रशारसनबीच सहमति भए...