घनश्याम भुसाल भन्छन्, एमालेभित्र उकुसमुकुस बढ्दै गयो, ओलीले नेतृत्व छाडनुपर्छ

Ghanshyam bhusal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का घनश्याम भुसालले एमालेभित्र उकुसमुकुस बढ्दै गएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टी नेतृत्वबाट बिदा हुन सुझाव दिए ।

एमालेभित्र नेताहरूमा उकुसमुकुस बढेकाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेतृत्व छोड्नुपर्ने भुसालको सुझाव छ । ‘एमाले हामीले लडेर बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन्, अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले एमालेभित्र यो समस्या अझै बढ्नेछ’, उनले भने, ‘कमरेड ओलीको प्रयोग असफल भइसकेको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो ।’

उनले भने, ‘भीम रावल त्यहाबाट निकालुनभयो । त्यो अवस्था छँदैथियो, मैले धेरै अगाडिदेखि भन्दै आएको थिए प्रश्न उठाएपछि एमालेभित्र त्यसलाई व्यक्तिगत प्रतिशोधको रुपमा पनि लिइयो । ओलीका नजरमा दुई खालका मान्छे छन्, एकखालका मान्छे उहाँका शत्रु हुन्, अर्का खालका मान्छे उहाँका चाकर हुन्, अझै भन्नुपर्दा जसले उहाँको चाकरी गर्दैन त्यो शत्रु हो । शत्रु होइन भने त्यसले चाकरी गर्छ, यद्यपी भीम रावलले चाकरी गरेनन् । फेरि त्यहाँ बस्ने सबैले चाकरी गर्छन् भन्न पनि होइन ।’

उनले एमाले आफूहरुले लडेर बनाएको पार्टी भएको पनि बताए । उनले थपे, ‘त्यहाँ अहिले उकुसमुकसमा छन् भनेका कसैले छैनन् । त्यसैले ती साथीहरु अहिले यो जुन घटना घट्दैछ । त्यसो बढ्दैजानेछ । कमरेड ओलीको प्रयोग असफल भइसकेको छ । उहाँको प्रयोग निर्वाचन, पार्टी सञ्चालनदेखि अन्तराष्ट्रिय सम्बन्धमा पनि असफल भइसकेको छ । त्यसैले उहाँले छाड्नु हाम्रो लोकतन्त्र र उहाँको लागि पनि राम्रो कुरा हो ।’

उनले आफूहरु वामपन्थी एकताको पक्षमा रहेको भन्दै अब भागबण्डाको आधारमा हुने एकतालाई अस्वीकार गर्ने बताए । भुसालले रावललाई एकीकृत समाजवादी पार्टीमा सहभागी हुने आह्वान गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शुक्रबार साँझदेखि वर्षा तथा हिमपात हुने, चिसो बढ्दा दैनिकीमा असर पर्ने

Mausam news

काठमाडौं । शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ । मौसम पूर्वानुम...