सहकारी ठगीमा एमाले नेतृ निवासबाटै मीना गुरुङ पक्राउ

Meena  gurung

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । एमाले नेता गुरुङलाई आज कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

उक्त सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका प्रतिवादीमध्ये उनी पनि एक हुन् । पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरुको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।

आवश्यक कारबाही प्रक्रियाका लागि उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्‍यक्ति र संस्था गरी ६३ जनाविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...