फुलचोकी जंगलबाट बाटो बिराएका १३ जना आए सम्पर्कमा, खोजी कार्य जारी

Fulchoki new

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फुलचोकी जंगलबाट हराएका १३ जना व्यक्ति सम्पर्कमा आएका छन् । सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको थियो ।

फुल्चोकीमा प्रत्येक वर्ष हिउँ खेल्ने, हाइकिङ जाने र गोदावरी पिकनिक जाने युवकयुवती हराउने गरेका छन् । बाटो बिराएका १३ जनामध्ये १० पुरुष र तीन महिला रहेका छन् ।

सोमबार साँझ ५ बजे उनीहरूले प्रहरीलाई आफूहरूले बाटो बिराएको भनी उद्धार गर्न खबर गरेको प्रहरीले जनाएको छ । लगत्तै प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अस्मिता कपालीको नेतृत्वमा ५ जना र स्थानीय एक जनाको टोलीले खोजी कार्य जारी राखेको ललितपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवरत्न पौडेलले बाटो बिराएका उनीहरू सम्पर्कमा रहेको र प्रहरीले खोजी जारी राखेको बताएका छन् ।

यसअघि पनि यो जंगलमा घुम्न जानेहरू पटक पटक हराएका थिए । फुल्चोकी काठमाडौँ उपत्यकाकै अग्लो स्थान भएकाले घुमफिर गर्न जाने गरेका छन् । फूलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...