फुलचोकी जंगलबाट हराएका १३ जनाको खोजी कार्य शुरु, यो जंगलमा हराउँछन् पटक पटक

Fulchoki new

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फुलचोकी जंगलबाट १३ जना व्यक्ति हराएका छन् । सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको छ ।

यसअघि पनि यो जंगलमा घुम्न जानेहरू पटक पटक हराएका थिए । फुल्चोकी काठमाडौँ उपत्यकाकै अग्लो स्थान भएकाले घुमफिर गर्न जाने गरेका छन् । फूलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो ।

सोमबार दिउँसो फुलचोकी पुगेका १३ जना हराएको जानकारी आएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवरत्न पौडेलले जानकारी दिए । स्थानीयको सहयोगमा प्रहरी परिचालन गरेर हराएका व्यक्तिहरूको खोजी कार्य चलिरहेको छ । ‘१३ जना व्यक्ति हराएको सूचना आएको छ,’ प्रवक्ता पौडेलले भने, ‘लगत्तै हामीले इन्सपेक्टरको कमाण्डमा टोली खटाएका छौं ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...