विद्युत सर्ट हुँदा डोटीको एक घरमा आगलागी

डोटी। डोटी जिल्लाको एक घरमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
जिल्लाको दिपायल–सिलगढी नगरपालिका–३ माटेओडारस्थित पशुदेवी साउँदको घरमा विद्युत सर्ट भएर आइतबार दिउँसो आगलागी भएको हो। साउँदको घरमा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीबाट फर्निचर, खाद्यान्न, भाँडावर्तन,लत्ताकपडा, सुनका गरगहना तथा नगद समेत जलेर नष्ट भएको प्रहरीले बताएको छ । स्थानीय तथा प्रहरीको सहयोगबाट आगलागी नियन्त्रण भएको थियो।
प्रतिकृया दिनुहोस