विश्वप्रसिद्ध गढीमाई मेलाको सुरक्षामा कडाइ

बारा । विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा एउटै ठूलो पहिचान दिएको भन्दै गृहमन्त्री रमेश लेखकले बाराकाे वरियारपुरस्थित गढीमाईकाे पूजा अर्चना गरेका छन् । पूजा गर्नुका साथै गढीमाई मन्दिरको संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए । 

उनले पूजा–अर्चनापछि बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँगसँग भेटेर मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सुक्ष्म निगरानी राख्न निर्देशन दिए । गढीमाई मेलालाई व्यवस्थित बनाउन आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए  । मेलामा दर्शनार्थीको चाप बढी हुने गरेकोले आवश्यक परेमा थप सुरक्षाकर्मी खटाइने गृहमन्त्री लेखकले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दलित मुक्ति संगठनको अध्यक्षमा रामऔतार पासवान, बैशाखमा महाधिवेसन गर्ने

Dalit mukti sangathan news photo (2)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्षमा रामऔतार पास...