२ दिन पहाडी जिल्लामा हल्का वर्षा हुने, धनकुटामा बढ्यो वायु प्रदूषण

Mausam news

काठमाडौं । स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभावले पहाडी क्षेत्रमा हल्का खालको वर्षा हुने सम्भावना रहेको छ । मौसमविदले यो वर्षाको प्रभाव कोशी प्रदेशमा बढी र अन्य प्रदेशमा कम पर्ने पूर्वानुमान गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज र भोलि (आइतबार र सोमबार) कोशी प्रदेश सहितका पहाडी क्षेत्रमा छिटफुट खालको वर्षा हुने छ । तर मंगलबार भने आइतबार र सोमबारको तुलनामा केही ठूलो वर्षा हुने छ ।

उक्त वर्षाको प्रभाव कोशी, बागमती र गण्डकी प्रदेशसम्म देखिने मौसमविद मानन्धरको भनाइ छ । यद्यपि कात्तिक १८ र १९ गतेको जस्तो ठूलो वर्षा भने नहुने मौसम पूर्वानुमान महाशाखाका मौसमविदको भनाइ छ ।

कात्तिक १८ र १९ गतेपछि खासै वर्षा नभएकाले वायु प्रदूषण बढेको छ । वायु प्रदूषण शहरी क्षेत्रमा अझ बढी देखिन्छ । वायु प्रदूषणलाई हटाउन ठूलो वर्षा आवश्यक पर्दछ । तर तत्काल वायु प्रदूषण पखालिने गरी ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद मानन्धर बताउँछिन् ।

काठमाडौं उपत्यकामा पनि बिहानको समयमा वायु प्रदूषण बढेको देखिन्छ । आज बिहान पौने सात बजेसम्मको समयसम्म काठमाडौं उपत्यकाका रत्नपार्क, खुमलटार र भक्तपुर तथा चितवनको भरतपुरमा वायु प्रदूषणको स्तर अत्यन्त खराब अवस्थामा पुगेको छ ।

यसैगरी बाँकेको नेपालगञ्ज र धनकुटामा पनि वायु प्रदूषण बढेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...