झडप हुँदा पनि भयो पाथिभरामा केवलकार उद्घाटन, ५ जना घाइते

Pathibhara jhadap

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा केवलकार बनाउने विषयमा भएको विवादका क्रममा झडप भएको छ । झडपमा परी ५ जना घाइते भएका छन् ।

झडप भए पनि संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै केबलकार निर्माणको संयुक्त शिलान्यास गरे ।

पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको हो । विवादका क्रममा दुई पक्षबीच झडप हुँदा केवलकार निर्माणको विरुद्धमा रहेका चन्द्र मादेन घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पुऱ्याइएको छ । ढुंगाले लागेर सुरक्षाकर्मीसहित केही घाइते भएका छन् ।

निर्माण कम्पनी हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीबाट मेसिन लैजाँदा आन्दोलनरत पक्षले अवरोध गरेका थिए । त्यसपछि प्रहरीले मेसिनको चाबी लिएको थियो । प्रहरीसँग चाबी मागेर आन्दोलरत पक्ष आन्दोलित भएको थियो । त्यही क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएर झडपको स्थिति सिर्जना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए । तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेका थिए ।

‘उनीहरु अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरु पनि लाग्यो’, फुङलिङ नगरपालिकाका मेयर मादेनले भने, ‘यद्यपि, स्काभेटर चलाएर केबलकार शिलान्यास गरिसकेका छौं ।’ पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो । यद्यपि, पछिल्लो समय पाथीभरा केबलकार कम्पनीले ठेक्का पाएपछि निर्माण सुरु गर्ने प्रयास भएको थियो ।

अवरोधबीच केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बताएका छन् । यसअघि केबलकार निर्माण हुने क्षेत्र रूखहरू हटाइएको थियो । शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

पौडेलले काम निरन्तर अघि बढे १५ महिनाभित्र केबलकार चढेर पाथीभर जान पाइने बताएका छन् । लामो समयदेखि पाथीभरमा केबलकार निर्माण रोक्न माग गर्दै आदिवासी जनजातिहरूको एउटा समूह आन्दोलित छ । उक्त समूहले रुख काटिएका स्थानमा वृक्षारोपण अभियान नै चलाएको छ । पाथीभरा देवीको मन्दिर ताप्लजुङमा ३ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शौचालयमा लडेर युवकको मृत्यु

Dead

मकवानपुर । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान...