धौलागिरी हिमाल आरोहणमा गएका ५ जना विदेशी आरोहीको मृत्यु

Dhaulagiri base camp

काठमाडौं । धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ ।

आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन भएका अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लादिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र दिमित्री सालिलेभोइको शव भेटिएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

विभागका अधिकारीका अनुसार, ८ हजार मिटर उचाइको नजिक पुगिसकेकाले ती पाँच जनाले शिखर पुग्ने योजना तत्काल नछाडेको पाइएको छ । तर केही समयपछि भने रेडियो सेटमा सबै जनाले आरोहण परित्याग गरी तल झर्दै गरेको बताएका थिए । विडम्बना, असोज २० गतेकै राति ११ बजेबाट उनीहरू सम्पर्कविहीन भए ।

असोज २१ गते सम्पर्क अधिकृत र एजेन्सीले ५ जना आरोही हराइरहेको जानकारी पर्यटन विभागमा गरेको देखिन्छ । विभागले तत्कालै हेलिकोप्टर पठाउन खोजे पनि त्यस दिन धौलागिरि क्षेत्रको मौसमी प्रतिकूलताका कारण उद्धार उडान हुन सकेन । भोलिपल्ट असोज २२ गते बिहानै हेलिकोप्टर उडेर त्यस क्षेत्रमा गयो। हेलिकोप्टरबाट हेर्दा करिब ७ हजार ६०० मिटरको उचाइमा पाँचै जना लडिरहेको देखियो ।

यस वर्ष कुल १४ जना आरोही धवलागिरी हिमाल आरोहणका लागि गएका थिए । त्यसमध्ये दुई समूहमा ७(७ जना आरोही आरोहणमा लागेका थिए । त्यसमध्ये ६ जनाले आरोहण गर्न नसकिने भनी परित्याग गरेको जानकारी विभागमा गराइएको थियो । बाँकी ८ जनामध्ये दुई जनाले सफल आरोहण गरी आधार शिविरमा फर्किएका थिए ।

बाँकी ६ जना आरोहणमा जाँदै गर्दा थप एक जनाले बीच बाटोबाटै आरोहण परित्याग गरेर आधार शिविरमा फर्किएका थिए । आरोहणको अठोट बोकेर अघि बढेका आरोहीहरुको निधन भएको हो । प्रतिकुल मौसमका कारण उनीहरुलाई आधार शिविरमा झार्न नसकिएको विभागले जनाएको छ । आइएएम ट्रेकिङबाट यस सिजनका लागि १४ जना रसियन आरोहीले अनुमति लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गौशालाको धर्मशाला भत्काउन खोज्दा प्रहरीले लियो महानगरको २ वटा डोजर

Ktm metro dojar jjb

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको ...