‘प्यारो मान्छे’ मा सलोन र मोनिकाको रिल रोमान्स (हेर्नुस् भिडियो)

Pyaro manche song

काठमाडौं । प्रताप दास र रचना रिमालको आवाजमा म्युजिक भिडियो ‘प्यारो मान्छे’ सार्वजनिक गरिएको छ ।

ओएसआर डिजिटल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको शब्द शान्ति बस्नेत (बलराम) ले कोरेकी छन् । साथै गीतमा सङ्गीत र एरेन्ज नारायण डङ्गोलले गरेका छन् ।

भिडियोमा अभिनेता सलोन बस्नेत र मोडेल मोनिका बोहोरालाई देख्न सकिन्छ । भिडियोले प्रेमी र प्रेमिका बिचको मायालाई देखाउन खोजेको छ । दिनेश काफ्लेले निर्देशन गरेको भिडियोको लगानीकर्ता गीतकै रचनाकार शान्ति बस्नेत हुन् । सुसन प्रजापतिले दृश्य कैद गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा कलरिङ्ग गरेर उत्कृष्ट बनाएका छन् ।

शिशिर खातीको कोरीयोग्राफी समावेश रहेको भिडियोमा सहायक निर्देशक करन खतिवडा रहेका छन् । भिडियोको पोस्ट प्रोडक्सनको काम म्युजिक प्लसले गरेको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सिधुँवामा नवसाक्षरता कार्यक्रम प्रभावकारी बन्दै, अक्षर चिन्न छेकेन बुढ्यौलीले

Sidhuwa proaudh sikshya

धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा...