अब राती पनि नौबिसे नागढुंगा सडक खुल्ने, पृथ्वी राजमार्गमा पनि बन्द नहुने
धादिङ । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडक र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।
मन्त्रालयको निर्णयपछि यस सडकखण्डमा सवारी निर्बाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए ।
यसअघि यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभागबीच भएको छलफलमा उज्यालोमा मात्रै यात्रा गर्ने सहमति भएको थियो । साथै दसैंका लागि खुलेको अग्रिम टिकट भने अवस्था हेरेर मात्र काटिने भनिएको थियो ।
यसभन्दा पहिले काटिएको टिकटका यात्रुलाई भने पहिले प्राथमिकता दिइने यातायता संगठनहरु सहमत भएका थिए । अब रात्री बस चलाउन दिइने भनिएसँगै दशैंका याुत्रलाई घर जान सजिलो हुने भएको छ ।
यातायात व्यवसायी महासंघले भने बेलुका यातायात व्यवस्था विभागमा भएको छलफलले टिकट बुकिङ बन्द नगर्ने निर्णय गरेको छ । दशैंको अग्रिम टिकट बुकिङ खुल्ला रहने भएता पनि बीपी राजमार्गको बाटो खुल्ने नखुल्ने अझै टुंगो भने छैन ।
प्रतिकृया दिनुहोस