अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

Buspark

काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सहज रुपमा यातायात संचालन हुने अवस्था नरहेकोले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिएका छन् ।

यसबारे आज महासंघको बैठक बसेर निर्णय लिन भएको छ ।

यस पटक दशैका लागि असोज १२ गते शनिबारदेखि टिकटको अग्रिम बुकिङ खुला गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...