‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिएका राई पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा निक्कै सक्रिय बनेका छन् ।

उनले एकपछि अर्काे गर्दै सांगीतिक प्रस्तुती पस्किँदै पनि आएका छन् । यसै क्रममा उनले ‘पूर्वै घुमौला’ बोलको गीत सार्वजनिक गरेका छन् ।

‘पूर्वै घुमौला’ बोलको गीतको संगीत तथा संगीत संयोजन मनोज साङसोन आफैंले गरेका छन् भने ‘पूर्वै घुमौला’ मा रचना रिमालको समेत आवाज सुन्न सकिनेछ । उक्त गीतको म्युजिक भिडियो भने स्टुडियो मै गरिएको छ ।

सुवास विवश श्रेष्ठको शब्द रहेको ‘पूर्वै घुमौला’ स्टुडियो किङमा सुरेश राईद्धारा रेकर्ड गरिएको छ भने यस गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...