सिधा कुराका पत्रकारहरु केन्द्रीय कारागार जगन्नाथदेवल चलान

Nabin dhungana yuvaraj kandel 2

काठमाडौं । सर्वोच्च अदालतको फैसला आएसँगै ‘सिधा कुरा डटकम’ का प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेल गएका छन् । अदालतको अवहेलना ठहर भएका पत्रकारद्वय ढुंगाना र कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

फेसबुकमार्फत पत्रकार ढुंगानाले सर्वोच्च अदालतको फैसलालगत्तै फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ । प्रिय पाठक र स्रोताहरु हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ। समाचारको धर्मबाट कहिल्यौ बिचलित हुने छैनौं ।’

प्रकाशक कँडेल र सम्पादक ढुंगानाले लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दाको किनारा लगाएको हो ।

र यो पनि ..

क्षमायाचना गरे अनलाइनलाई ५ हजार जरिवाना र कैद सजाय घटाएर ७ दिन कायम हुने

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...