प्रचण्डले बोलाए सर्वदलीय बैठक, आजै सरकारको पनि सर्वदलीय बैठक

Prachanda 11

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ ।

प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

आजै सरकारले पनि सर्वदलीय बैठक बोलाएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षापछि आएको बाढी पहिरो विपत पछिको राहत, उद्दार र धनजनको क्षतिका बारेमा छलफल गर्न सरकारले आज अपराहन्न १ सिंहदरबारमा बस्ने गरि सर्वदलीय बैठक बोलाएको हो ।

विगत तीन दिनदेखि परेको अविरल बर्षाका कारण राजधानी काठमाडौँसँग मोफसलको सडक सम्पर्क टुटेको छ भने अहिलेसम्म बाढी पहिरोमा परि ११२ जना भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...