नागढुंगादेखि मुनि झ्याप्ले खोलामा पहिरोमा पुरिएको २ वटा बसबाट निकालियो १४ जनाको शव

निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत

Jhyaplekhola  bus puriyo

काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुई वटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन पुरिएका थिए । त्यही कारण उद्धारमा ढिलाइ गरिएको थियो । पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रो बसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलि नसकेको बसबाट ९ शव निकालिएको हो । खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ । देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ । अहिले सुरुङ्ग मार्ग आसपासका क्षेत्रका अरु पहिरो पनि धमाधम हटाइँदैछ । शनिबार राति नै काठमाडौं छिर्ने मुख्य नाका एकतर्फी खुल्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर...