काठमाडौं उपत्यकाका नदीहरुमा बाढी बढेको बढ्यै, कोरिडोर सडकहरुमा राती यात्रा नगर्न आग्रह

Bagmati badhi

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ ।

कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ । खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अझै पानी पर्ने भएकाले नदीको सतह अझ बढ्ने सम्भावना छ । नदी किनारका कोरिडोर सडकहरुमा जोखिम बढेपछि प्रहरीले रात्रिकालीन समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

बागमती नदीले खतराको तह पार गरेको छ । शुक्रबार बागमती नदीस्थित खोकनामा रहेको जलमापन केन्द्रमा ४ मिटरको खतरा तह पार गरेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । साँझ ७ बजेर ३५ मिनेटमा ४ मिटरको खतरा तह पार गरेर ५.०८ मिटर पुगेको प्राधिकरणले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी धनकुटा नगरमा दोहोरिए खगेन्द्र विष्ट, पूर्व जनसरकार प्रमुख बस्नेत सम्मानित

Udaya bdr basnet samman

धनकुटा । नेकपा (माओवादी केन्द्र) धनकुटा नगरपालिका कमिटीमा खगेन्द्र कुमार विष्ट पुनः अध्यक्ष चयन भ...