काठमाडौं ३२ मा ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ शुरु
काठमाडौं । काठमाडौंमा चोरी, लुटपाट र हिंसाका घटना नहुन् भन्नका लागि प्रहरी वृत्त नयाँ बानेश्वरले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ शुरु गरेको छ ।
प्रहरी वृत नयाँबानेश्वर, प्रहरी प्रभाग कोटेश्वर र सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरको संयुक्त आयोजनामा शुक्रबारदेखि ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ शुरु गरेको हो ।
सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापाको अध्यक्षतामा शुरु भएको सो साझेदारी कार्यक्रममा प्रहरी वृत नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, बागमती प्रदेशका सभासद सुनिल केसी, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक दलकुमार राई, काठमाडौं महानगरपालिका वडा नं. ३२ वडा सदस्य भगवान बुढाथोकी, सरस्वती युवा कल्वका अध्यक्ष उतम भण्डारी, कोटेश्वर समाज सुधार युवा क्लवका अध्यक्ष सुवास रिमाल, कोटदेवी विध्यानगर समाजका अध्यक्ष देवराज चौलागाई, गगनेश्वर गुठी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर केसी लगायतले नयाँ बानेश्वर वृत्त अन्तर्गतका क्षेत्रहरुमा शान्तिसुरक्षा कायम गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।
त्यसैगरी सो कार्यक्रममा बैँक, वितिय संस्था र सुनचाँदी व्यवसायीसँग शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रम समाजका महासचिव पदमकुमार रेग्मीले संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस