हेर्नुहोस सरुवा सूची
फेरिए १६ जिल्लाका प्रहरी प्रमुख, ४१ जना एसपीको भयो सरुवा
काठमाडौं । नेपाल प्रहरीले १६ जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ भने ४१ जना प्रहरी उपरीक्षक (एसपी)पनि को सरुवा गरेको छ । जिल्ला इन्चार्जमा खटिएको एक वर्ष पुगेका एससपीहरु सरुवा भएर नयाँलाई पठाइएको हो ।
सोमबार गृस प्रस्थान गर्नुअघि नै नेपाल प्रहरीका महानिरीक्षकबसन्त बहादुर कुँवरले कुंवरले गरेको सरुवाको निर्णय प्रहरी प्रधान कार्यालयले मंगलबार बेलुका सार्वजनिक गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सूर्यदर्शन सहकारीको मुद्दा अनुसन्धान भइरहेको कास्स्कीमा पनि प्रहरी प्रमुख हेरफेर गरेको छ । त्यहाँ कार्यरत एसपी मोहनकुमार थापालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन अनुगमन ईकाई नक्सालमा सरुवा गरिएको छ । कास्कीको प्रहरी प्रमुखको जिम्मेवारी श्यामबाबु ओलियाले पाएका छन् । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको मानवस्रोत व्यवस्थापन महाशाखा धनगढीमा कार्यरत थिए ।
भक्तपुरसहित अरु १५ जिल्लामा पनि प्रहरी प्रमुख हेरफेर गरिएको छ । दाङमा अर्जुनप्रसाद तिमिल्सिना, बर्दियामा केदार खनाल, सिन्धुलीमा गोबिन्दराज काफ्ले, सप्तरीमा ढकेन्द्र खतिवडा, कपिलवस्तुमा निरञ्जनदत्त भट्ट, इलाममा प्रभु ढकालकै सरुवा कायम गरिएको छ । डोटीमा बिनोद शर्मा, मकवानपुरमा विश्वराज खड्का, तनहुँमा विरेन्द्रबहादुर शाही, भक्तपुरमा माधवप्रसाद बुढाथोकी, पूर्वी नवलपरासीमा यादब ढकाल, सिरहामा रमेश पण्डित सरुवा भएका छन् ।
धनकुटामा श्याम सिंह चौधरी, सुनसरीमा सुमनकुमार तिम्सिनालाई सरुवा गर्दा उदयपुरमा हरिहरनाथ योगीको सरुवा कायम गरिएको छ । उनी यसअघि नै त्यहाँ कागजमा खटिएका थिए ।
प्रतिकृया दिनुहोस