फिल्म ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन

K ghar k dera chayankan

काठमाडौँ । दिपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन पनि २५ दिनमा पूरा गरेका छन् । शनिबार अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको हो ।

काठमाडौं र ललितपुरमा छायांकन भएको यो फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतको अभिनय रहेको छ ।

छायांकनमा जानुभन्दा अगाडि नै आगामी माघको ११ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । अहिलेसम्म यो मितिमा अरु फिल्म छैनन् । युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्मातामा छन् ।

‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘उसले दिएको उमेर’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरको लेखन रहेको यो फिल्मका छायाँकार कृष्णबहादुर थापा हुन् । फिल्मले सामाजिक विषयलाई रमाइलो शैलीमा भनेको छ । घरबेटी र डेरावालको कथामा आधारित भएर फिल्म बनेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...