काठे भाका ‘नगर दोमन’ मा सरिता र नमराजको घम्साघम्सी (भिडियोसहित)

Doman song

काठमाडौं । गायक नमराज ढुंगाना र गायिका सरिता भारतीको स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन’ आएको छ ।

गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको छ । यो गीतलाई नविनबाबु विश्वकर्माले लेखेका हुन् । जसमा नमराजको संगीत रहेको छ । विष्णु तामाङले संगीत संयोजन गरेको यो गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

यो गीतको भिडियोमा गजित बिष्ट र सरिता भारती शिर्ष भूमिकामा छन् । यसअघि पनि अरु म्युजिक भिडियोमा स्क्रिन शेयर गरिसकेका गजित र सरिताको जोडी यो भिडियोमा पनि सुहाएको छ । यो म्युजिक भिडियो निकै रमाईलो बनेको छ ।

यो म्युजिक भिडियोमा गजित र सरितासँगै मनिषा श्रेष्ठ, नकुल गिरी, सम्झना पोखरेल, सुरेन्द्र गिरी, सुदन थापा, सुहानी श्रेष्ठ, बिक्रम ढुंगानाले पनि अभिनय गरेका छन् । डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोको छायाँकन पोखराको मनोरम दृष्यमा गरिएको छ । सुवास सुवेदीको छायाँकन, बीरेन्द्र भाट ‘विपिन’को सम्पादन, राजेश थापामगरको ड्रोन, सुदन थापाको निर्माण व्यबस्थापन यो गीतको भिडियोमा रहेको छ । सय भन्दा बढी काठे गीत गाएका नमराजसँग काठे गीतमा गायिका सरिता भारतीको यो पहिलो सहकार्य हो । यस अघि असारैमास लोक दोहोरी काठे गीत ल्याएकी गायिका सरिताको यो दोश्रो काठे भाकाको दोहोरी गीत हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...