पत्रकार मोहन मैनालीको ‘मुकाम रणमैदान : नेपाल–अङ्ग्रेज युद्धको बखान’ लाई मदन पुरस्कार

Mohan mainali book

काठमाडौं । यो वर्षको मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान : नेपाल–अङ्ग्रेज युद्धको बखान’ ले मदन पुरस्कार पाएको छ ।

चार लाख रुपैयाँ पुरस्कार राशी भएको सो मदन पुरस्कार पाउने पत्रकार एवं लेखक मैनालीको यो पाँचौं पुस्तक हो । यसअघि मान्ठा डराएको जुग, उपल्लो थलो, देखेको देश र आकाशमुखी पुस्तक प्रकाशित छन् । यसअघि २०७९ सालको जगदम्बा(श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई अर्पण गरिएको थियो ।

मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान आइरहेको प्रतिष्ठित मानिएको २०८० सालको मदन पुरस्कार मैनालीले लेखेको ‘मुकाम रणमैदान : नेपाल–अङ्ग्रेज युद्धको बखान’ पुस्तकका लागि मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गरेको हो । २०८० सालमा प्रकाशित पुस्तकहरू मध्येबाट मैनालीले लेखेको ‘मुकाम रणमैदान स् नेपाल–अङ्ग्रेज युद्धको बखान’ पुस्तकलाई दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुस्तकलाई परिश्रमपूर्वक ऐतिहासिक सन्दर्भ खोजबिन र सामग्रीलाई सरल, सरस एवं प्रवाहमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्‍याएकाले मैनालीको कृतिलाई मदन पुरस्कार दिइएको विज्ञप्तिमा उल्लेख छ ।

मदन पुरस्कारका लागि गुठीमा तीन सय चार वटा पुस्तक प्राप्त भएका थिए । यस वर्ष पुरस्कारको मनोनयनका लागि ३०४ वटा कृति प्राप्त भएका थिए ।त्यसमध्ये मैनालीसहित यसअघि गुठीले श्रेष्ठ सूचीमा परेका पाँच पुस्तकको नाम सार्वजनिक गरेको छ । जसमा भक्त स्याङतानको डम्फुको आत्मालाप (कथासंग्रह), जीवन क्षेत्रीको नुन(तेल (गैरआख्यान), भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि (प्रेमपत्र संग्रह), मोहन मैनालीको मुकाम रणमैदान (इतिहास) र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन (उपन्यास) थिए ।

मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ सालमा भएको हो । मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा भएको थियो । सम्मान कार्यक्रम भने २०१४ सालमा गरिएको थियो । गुठीको निर्णयअनुसार प्रारम्भमा सम्मान पुरस्कारको रकम चार हजार रुपैयाँ थियो । समयक्रममा बढ्दै २०७५ सालदेखि चार लाख रुपैयाँ राशि बनाइएको छ ।

२०१३ सालमा पहिलोपटक ‘हाम्रो लोक संस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिर विद्युत् उत्पादक’का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए । जोशीले तीनपटक मदन पुरस्कार पाएका छन् ।

त्यसैगरी जगदम्बा श्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको छ । गुठीले ‘नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान गरेको भन्दै यादवलाई जगदम्बा श्री पुरस्कार दिने भएको हो ।

रानी जगदम्बाको स्वर्गारोहणपछि उनको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा ‘जगदम्बा–श्री’ सम्मान स्थापना गरेको थियो । एक लाख रुपैयाँ राशिको सम्मान २०४५ सालदेखि नै समर्पण गर्न थालिएको हो ।

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा प्रकाशित उत्कृष्टमध्ये एक कृतिलाई प्रदान गरिन्छ। ‘जगदम्बा–श्री’ नेपाली भाषा, संस्कृति, साहित्यलगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने पुरस्कार भएको गुठीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गौशालाको धर्मशाला भत्काउन खोज्दा प्रहरीले लियो महानगरको २ वटा डोजर

Ktm metro dojar jjb

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको ...