अमृत रामदामको ‘बरेली बजारको’ सार्वजनिक (भिडिओसहित)

Bareli bajar song

काठमाडौं । नेपाली नारीहरुको चाड हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीज गीतहरु दिनानुदिन आइरहेको छन् । तीज आउनै लाग्दा कलाकारहरुले नयाँ नयाँ गीतहरु ल्याइरहेका छन् । यसैक्रममा अमृत रामदामको नयाँ तीज गीत ‘बरेली बजारको’ सार्वजनिक भएको छ ।

‘बरेली बजारको’ बोलको गीतमा अमेरिका बसोबास गर्दै आइरहेका गायक अमृत रामदाम र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ ।

बिनोद भण्डारीको निर्देशन रहेको गीतमा प्रशान्त मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ । सो गीतको भिडियोमा बिमल अधिकारी, जुना सुन्दास, यादव देवकोटा (सरापे) र बिशालको अभिनय रहेको छ । यस गीतलाई अमृत रामदामकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गौशालाको धर्मशाला भत्काउन खोज्दा प्रहरीले लियो महानगरको २ वटा डोजर

Ktm metro dojar jjb

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको ...