धमाका मच्चाउँदै आयो विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत (भिडिओसहित)

Bishnu majhi song

काठमाडौं । नेपाली नारीहरुको तीज आउन लाग्दा चर्चित गायीका विष्णु माझीको स्वर रहेको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीत माझीका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा तयार भएको हो । आशिष अविरलको संयोजनमा रागामा रेकर्डस्‌मा रेकर्ड गरिएको गीतको भिडियो सुन्दरमणिकै निर्देशनमा तयार पारिएको छ ।

मौसम हिमालीको कोरियोग्राफी र शम्भु चालिसेले छायांकन गरेको भिडियो प्रवीन भट्टले सम्पादन गरेका हुन् । भिडियोमा ललिता पौडेल माइत जान नपाएकी चेलीको भूमिकामा छिन् । गीतको भिडियोमा भने विष्णुलाई देख्न पाइँदैन ।

सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलमा सार्वजनिक गीत शनिबार राती ११ बजेसम्म १२ लाखभन्दा बढीले हेरिसकेका छन् । गीतमा ११ हजार सात भन्दा बढीले त प्रतिक्रिया नै जनाइसकेका छन्, ती पनि लगभग सबै सकारात्मक छन् । शनिबार सार्वजनिक विष्णुको स्वरको गीतले भने सबैतिरबाट प्रशंसा बटुलेको छ । लोकदोहोरी तथा गायन क्षेत्रमा क्रियाशील स्रष्टाले गीतको तारिफ गर्दै सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् ।

‘पुतलीको भट्टी’ भाग २० का रूपमा सार्वजनिक गीतमा माइत जान नपाएकी चेलीले आमालाई पठाएको सन्देशसँगै वेदना समेटिएको छ । झन्डै १७ मिनेट लामो गीतका शब्द निकै सुझबुझपूर्ण तवरले बुनिएका छन् । ‘लाइछु, खाइछु भोकी छैन, टाउको ठोकी रोकी छैन’ गीतको एक अंश सुन्दा चेलीले खुसीसाथ आफ्नो घर गरेकी जस्तो लाग्छ । तर भिडिओमा भने उही चेलीको पीडा र वेदना देखाइएको छ । यसको अर्थ आफूले रोएरै जीवन बाँचे पनि आमालाई पीर नपरोस् भन्ने सन्देश दिइएको छ ।

विष्णुको स्वरमा तीन वर्षअघि सार्वजनिक गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ निकै चर्चित भएको थियो । ‘पुतलीको भट्टी’ भाग १७ का रूपमा सार्वजनिक गीतको हालसम्मको भ्यूज ५ करोड ३० लाखभन्दा बढी छ । त्यसो त उनले गाएका आधा दर्जनभन्दा बढी गीत ‘करोड क्लब’ मा प्रवेश गरिसकेका छन् । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’ लगायतका माझीको स्वरका गीतले करोडभन्दा बढी भ्युज बटुलेका छन् ।

‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ गीतले अत्यधिक चर्चा बटुल्नुका कारण उनको जीवनशैली पनि हो । गीतलाई गायिका विष्णुकै जीवनसँग जोडेर पनि विभिन्न अनुमानहरू गरिएका थिए । कतिपयले त विष्णु नै उनका पतिको ‘जेलमा’ रहेको बताएका थिए । विभिन्न चर्चा र परिचर्चाका बीच आएकोे ‘आइनँ आमा यो तीजमा’ बोलको गीतले यो सालको तिजमा धमका मच्चाउने निश्चित जस्तै छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...