आयो सत्य कथाको गीत ‘गुमेका चिज आउदैनन् फर्केर’ (भिडियोसहित)

Prakash baraili song

काठमाडौं । सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ति’ ले पछिल्ला दिनहरुमा आफ्नो गीति लेखन कार्यलाई तीव्र बनाएका छन् । सोही क्रममा उनले ‘गुमेका चिज आउदैनन् फर्केर’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा गुमेका चिज अनि बितेका कुराहरु फर्केर आउदैनन् । यो तितो यथार्थ हो । गुमिसकेका चिजहरु कसैले पाउन सक्दैन । तर, जब नपाउने अवस्था हुन्छ, तव मात्र गुमेका चिजहरुको महत्व थाहा हुन्छ । जे छैन, जो ब्यक्ति छैन, त्यसको महत्व धेरै हुने गर्छ भन्ने कुरा गीतमा प्रस्तुत गर्न खोजिएको छ ।

‘गुमेका चिज आउदैनन् फर्केर’ गीत ७३ बर्षिय गायिका धनकुमारी गौचनको वास्तविक कथामा आधारित गीत हो । निजको छोरा केही बर्ष अघी प्रदेशमा स्वर्गिय भए भने त्यसको लगत्तै केही बर्षमा उनको श्रीमानको पनि स्वर्गारोहरण भएको थियो ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा कलम चलाइरहेका सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ति’ ले सो गीतको शब्द लेखेका छन् भने सो गीतलाई रमेश शिवशंकरले प्रस्तुत गरेका हुन् ।

पछिल्लो समयमा रुचाइएकी बाल गायिका कल्पना विष्ट र धनकुमारी गौचनको स्वर रहेको छ । रमेश बिक्रम रत्नको संगीत रहेको गीतलाई हेमन्त शिशिरले संगीत संयोजन गरेका हुन् । लक्षु प्रकाश मल्लले रेकर्डिङ गरेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा सृुरबीर पण्डित ‘दाह्री बा’, गायिकाद्वय धनकुमारी र कल्पना स्वयंले समेत अभिनय गरेका छन् । प्रकाश बराइलीकै निर्देशन तथा छायांकनमा तयार भएको भिडियोलाई बिरेन्द्र भाट ‘बिपिन’ले कलरिङ तथा सम्पादन गरेका हुन् । लोकेश भाटले सहसम्पादन गरेका हुन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...