उपत्यका व्यापी छैठौं अन्तर विद्यालय स्तरीय मौलिक तीज नृत्य प्रतियोगिता हुँदै

Nerik academy press meet

काठमाडौं । नेरिक एकेडेमीले उपत्यका व्यापी छैठौं अन्तर विद्यालय स्तरीय मौलिक तीज नृत्य प्रतियोगिता गर्ने भएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर एकेडेमीले भदौ १ गते शनिबार मौलिक तीज नृत्य प्रतियोगिता गर्ने भएको हो । सो प्रतियोगिता नेरिक एकेडेमीको प्राङ्गणमा हुने भएको छ ।

सो प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर गरी ४० भन्दा बढी विद्यालयले भाग लिने आयोजकको अपेक्षा छ । सो प्रतियोगितामा १२ देखि १६ वर्षभित्रका उमेर समुहका विद्यार्थी र कक्षा १० सम्मका विद्यार्थीले मात्र भाग लिन पाउने नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कँडेलले जानकारी दिए ।

सो प्रतियोतिामा प्रथम हुनेलाई २० हजार रुपैयाँ ट्रफी, द्धितिय हुनेले १५ हजार रुपैयाँ र ट्रफी, तृतिय हुनेले १० हजार रुपैयाँ र ट्रफी, चौथो र पाँचौ हुनेले ५, ५ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाउने छन् भने उत्कृष्ट १० लाई ट्रफी र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने कँडेलले बताए ।

प्रतियोगितामा बरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहनेछ भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा, रिना थापा मगर रहने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...