हङकङलाई हराउँदै नेपालले जित्यो महिला टी–ट्वान्टी सिरिजको उपाधि

Nepali woman cricket team

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस (डीएल) पद्दतिका आधारमा गरिएको हो ।

टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई १ सय २ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर हङकङले १०१ रन बनाउन सफल भयो । जवाफी ब्याटिङमा आएको नेपालले ५.३ ओभरमात्रै खेल्न पायो । पानीले खेल स्थगित भएको थियो । नेपालले परिमार्जित २५ रनको लक्ष्य पाएको थियो । जसमा ५.३ ओभरमा १ विकेटसहित ३७ रन बनाएपछि नेपालले १३ रनको विजय हासिल गर्न सफल भएको मलेसियन क्रिकेट संघले जनाएको छ ।

यो जित नै नेपाली राष्ट्रिय महिला टोलीको पहिलो उपाधि हो । पहिला ब्याटिङ गरेको हङकङका लागि याशमिन दासवानीले ११, का यिङ चानले २९, मारिना एन्तोनियाले १९ तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् । बलिङतर्फ नेपालका लागि खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले १र१ विकेट लिइन् ।

यस्तै नेपालको तर्फबाट सीता रानामगरले १३ र इन्दु बर्माले १९ रन बनाउन सफल भए । काजल श्रेष्ठ शून्य रनमा एलबीडब्लु आउट हुन पुगिन् । नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो ।
हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...