ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण हुने

Gyalexi news

काठमाडौं । आगामी चैत दोस्रो हप्ता ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण हुने भएको छ । गत वर्षदेखि आयोजना गर्न थालिएको यो अवार्डको दोस्रो संस्करणमा ३५ विधामा अवार्ड वितरण गरिने छ ।

आगामी चैत १७ मा आयोजना गरिने ग्यालेक्सिी एक्सिलेन्स अवार्डमा करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय, अन्तर्राष्ट्रिय शो एवं कार्यक्रम आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा यो अवार्ड हुन लागेको हो ।

लामो समयदेखि ईभेन्ट क्षेत्रमा ख्याति कमाएको भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको ग्यालेक्सी अवार्डलाई गिता एभियसनले मुख्य प्रायोजन गरेको छ । त्यही भएर यो दोस्रो संस्करण गिता एभियसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको नामबाट अवार्ड समारोह हुन लागेको आयोजक संस्थाका प्रमुख सोनितराज ढुंगेलले जानकारी दिए ।

विगत एक दशक भन्दा लामो समय देखि आ आफ्नो क्षेत्रमा तल्लिन भई सक्रिय रुपमा लागेर सफलता हासिल गरेर समाज र राष्ट्रका लागी अतुलनीय योगदान दिने अग्रज, स्रष्टा, सर्जक, कलाकार, पत्रकार, शिक्षाविद, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुको सम्माका लागि यो वर्षदेखि अवार्ड समारोह आयोजना गर्न लागिएको हो ।

दोस्रो संस्करणको अवार्ड कार्यक्रम आगामी चैत १७ आयोजना गरिने आयोजकले जनाएको छ । आफ्नो क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वहरुको काम र मेहनतलाई थप हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक विशेष सम्मान गर्न लागिएको र अर्को पटक देश वाहिर जर्मनीमा गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...