अनौपचारिक रुपमै सकियो गठबन्धनको बैठक, न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिइने

Satta gathabandan dal baithak

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको अनौपचारिक बैठक अनौपचारिक रुपमै सकिएको छ । अनौपचारिक भनिए पनि सरकार गठनपछिका समग्र काम र बद्लिदो राजनीतिक विषयमा भने छलफल भने भएको थियो ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारले जनताको जनजीविकालाई सहज बनाउने गरी गर्न सकिने कामहरुबारे छलफल भने भएको छ ।

बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको छ । बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोलिसम्म न्यूनतम साझा कार्यक्रमले अन्तिम रूप दिने तयारी भइरहेको बताए ।

बैठकमा मन्त्रालय फुटाउने भनेर आएका समाचारका बारेमा समेत नेताहरुबीच कुराकानी भएको छ । मन्त्री लामिछानेले गठबन्धनको बैठकमा मन्त्रालय फुटाउनेबारे कुनै छलफल नभएको र त्यस्तो सोच समेत नभएको बताए ।

उनका अनुसार यो अनौपचारिक बैठक हो, जसमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे समेत छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले भने, ‘मन्त्रालय फुटाउने छलफल भएको छैन, योजना पनि छैन ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...