कांग्रेस नेताहरुसँग राष्ट्रपतिको भेट : सबै दलसँग छलफलको चाहना

Sherbahadur deuba bidhya bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ शिराबाट छलफल हुन्छ भन्ने अपेक्षासहित आफूले नागरिकता विधेयक फिर्ता पठाएको बताएकी छन् ।
शीतल निवासमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गर्दै दलहरु बीचमा छलफल होस् भन्ने चाहनासहित आफूले विधेयकलाई फिर्ता पठाएको बताएकी हुन् ।

सो भेटमा नेपाली कांग्रेसका नेताहरुले राष्ट्रपति भण्डारीलाई केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्ययादेशअनुसार नै नागरिकता विधेयक संसदबाट पारित गरिएको प्रष्टिकरण दिएका छन् । उनी कांग्रेस सभापतिको हैसियतमा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

सो भेटका क्रममा राष्ट्रपतिले दलहरुसँग छलफल गर्ने विगतकै परम्परा भएको र त्यसअनुसार छलफल गर्न चाहेको बताएकी थिइन् । नागरिकता विधेयकबारे चासो राखेकी उनले आफ्नो सन्देशबारे छलफल नभएकोमा असन्तुष्टि जनाइन् ।

जवाफमा कांग्रेस सभापति देउवाले राष्ट्रपतिले संविधानभित्रै रहेर नागरिकता विधेयक फिर्ता गरेकाले आफूहरुको कुनै गुनासो नभएको बताए । तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने दोहोरो भूमिका खेलेको उनको आरोप छ । उनले भने, ‘पूर्वप्रधानमन्त्री ओलीजीले जुन अध्यादेश ल्याउनुभएको हो, मैले त्यही ल्याएको हो । उहाँले राष्ट्रपतिको समर्थन गर्नु भनेको डबल स्ट्याण्डर्ड हो ।’

विद्यादेवी भण्डारीले पहिलो पटक फिर्ता पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने संकेत पनि देखाएकी छन् । राष्ट्रपतिले संसदको दुबै सदनबाट पुनः पारित भएर नागरिकता विधेयक आए प्रमाणीकरण हुने संकेत देखाइन् ।

कांग्रेस नेतृत्वले राष्ट्रपति भण्डारीलाई पूर्ववर्ती सरकारले ल्याएको अध्ययादेशअनुसार नै नागरिकता विधेयक संसदबाट पारित गरिएको प्रष्टिकरण दिएको हो ।

छलफलपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकताबारे राष्ट्रपति भण्डारीका जिज्ञासालाई आफूहरुले प्रष्ट्याएको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...