प्रचण्ड भन्छन्, सत्ता गठबन्धनमा अबको ५ दिनमा सिट बाँडफाँट टुंगिन्छ

Puspakamal dahal prachanda

विराटनगर । सीट बाँडफाटमा सकस परिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको पाँच दिनभित्र सत्ता गठबन्धनमा सिट बाँडफाँट टुंगिने दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग माओवादी अध्यक्ष प्रचण्डले आज बेलुकासम्म कार्यदलले प्रतिवेदन बुझाउने र भदौ १५ भित्र सिट बाँडफाटका बिषय टुंगिने बताए । प्रचण्डले सिट बाँडफाँटमा सबै दल लचिलो, उदार र जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले नागरिकता विधेयक पनि चाँडै नै टुंगो लाग्ने बताए । प्रचण्डले राष्ट्रिय सभाबाट पनि प्रकियाबाटै विधेयक पारित हुने र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले राष्ट्रपति भण्डारीले नेपाली सेनाका अधिकारीलाई भेट्नु स्वभाविक नभए पनि भेटले नै कुनै गम्भीर संकट ल्याउने सम्भावना भने आफुले नदेखेको बताए ।

राष्ट्रपतिले संदेशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति असन्तुष्ट छिन् । राष्ट्रपतिले सुरक्षाकर्मीसँग पनि भेटेको र राजीनामा दिने चर्चा पनि चलेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले त्यो अस्वभाविक रहेको बताए । भने, ‘केही कुरा स्वभाविक पक्कै पनि देखिएका छैनन्, तर पनि यसले गम्भीर संकट ल्याउने स्थिति पनि म देख्दिनँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...