एक्सनमा उत्रिए बालेन : धमाधम भत्काउन थालियो अवैध संरचना, जिल्ला अदालतलाई लिए कडा एक्सन
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएका संरचना भत्काइदिएको छ । बुधबार दिउँसो मेयर बालेन्द्र शाहको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना भत्काइदिएको छ ।
दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा डोजर लगाएको थियो । त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।
ती संरचना भत्काउने क्रममा मेयर शाहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरीको टोली खटिएका थिए । यसअघि महानगरको टोलीले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना भत्काइदिएको पनि भत्काइदिएको छ । बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो । यस्तै सोमबार पनि महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो ।
यता काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नकसा पास भएको अभिलेख पठाउनका लागि पत्र लेखेको छ। अदालत भवनको नक्सा पास नभेटिएकाले सो को प्रमाण पठाउन महानगरले जिल्ला अदालतलाई पत्र लेखेको हो ।
महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार हप्ता/दशदिन अघि नै अदालतलाई अभिलेख उपलब्ध गराउन पत्र पठाइएको हो । नक्सा पास भएको अभिलेख नभेटाएपछि अभिलेख राख्न विवरण पठाउन अनुरोध गरेको शाक्यले बताए ।
नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन् । अदालतले सो को अभिलेख नपठाए कानुन अनुसार कारबाही गर्ने शाक्यले जानकारी दिए ।
प्रतिकृया दिनुहोस