सरकारले गठन गर्‍यो उच्चस्तरीय तलब सुविधा आयोग (मन्त्रिपरिषद्को निर्णयसहित)

Gyanendra karki

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारी तथा श्रमिकहरुको तलव पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आयोगले देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सरकारलाई सिफारिस गर्नेछ ।

सरकारले एकैपटक ३ वटा उच्चस्तरीय विदेश भ्रमणलाई स्वीकृत गरेको छ । मन्त्री कार्कीले २ मन्त्री र ३ सचिवको विदेश भ्रमण स्वीकृत दिइएको जानकारी दिए । कार्कीका अनुसार बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिएको छ ।

भदौ २० देखि २३ गतेसम्म हुने रसियामा हुने दोस्रो टाइगर फोरम सम्बन्धी कार्यक्रममा भाग लिन वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेम नारायण कँडेललाई स्वीकृति दिएको छ ।

भदौ २३ देखि आइभरीकोस्टमा आयोजना हुने ‘ट्रान्फर्मिङ लिट्रेसी लर्निङ स्पेस’सम्बन्धी कार्यक्रममा भाग लिन जाने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदीको भ्रमण पनि मन्त्रिपरिषदले स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए ।

यस्तो छ मन्त्रिपरिषद् बैठकका निर्णयहरु

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...