बन्दको प्रभाव उपत्यकामा सामान्य : ठाउँठाउँमा शंकास्पद बस्तु भेटियो

Dhulikhel banda bam

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित ४ पार्टीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकाको सडकमा परेको छैन । सार्वजनिक तथा निजी सवारी साधनहरु निर्वाध गुडिरहेका छन् । पश्चिम नेपालतिरभने सामान्य प्रभाव परेको छ ।

विभिन्न माग राख्दै आज नेपाल बन्दको घोषणा गरिएको छ। केही ठाउँमा शंकास्पद वस्तुहरु भेटिएका छन् भने केही ठाउँहरुमा सवारी साधनमा आगजनी भएका छन् । काठमाडौं उपत्यकामा गाडीहरू निकै कम चलेका छन् । काठमाडौं र ललितपुरबाट शंकास्पद रुपमा हिडिरहेका ७ जना कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।

बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन । राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको छ ।

यता, बीपी राजमार्ग अन्तर्गत धुलिखेल–९ मा भेटिएको नक्कली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज धुलिखेल–९ मा राखिएको होक्स नेपाली सेनाको कालीजंग गण धुलिखेलका सेनाले डिस्पोज गरेका हुन् । राजमार्गमा प्रेसर कुकरमा राखिएको उक्त बमका कारण केहीबेर यातायात ठप्प भएको थियो। अहिले यातायात खुलेको प्रहरीले जनाएको छ ।

बैतडीका दुई ठाउँमा पनि शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको सतबाँझ क्षेत्रमा सडकमा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

उनका अनुसार सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ । सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सडकमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...