कुमारी आमा निहारिका राजपुत ‘सोनाली’ले तोडिन् अनशन, डिएनए परीक्षण हुने

Niharika rajput

काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएसँगै अनसन तोडेकी हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ३१ साउनमा श्रेष्ठलाई पक्राउ गरेर अभद्र व्यवहारको कसूरमा अनुसन्धान गरिरहेको छ । उनले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

श्रेष्ठले डीएनए जाँच गरिए त्यसलाई सघाउने बताउँदै आएका छन् । निहारिकाले डीनएन मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने पनि भनेकी छन् ।

सहमतिमा राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको हो ।

सहमतिको दोस्रो बुँदामा डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने भनिएको छ । निहारिकाले डीएनएको जाँच नेपाल प्रहरीको विधि विज्ञान प्रयोयगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा पनि हुनुपर्ने भनेकी छन् ।

निहारिकाले मुद्दाको अन्तिम सुनुवाइसम्म बहसका लागि महान्यायाधिवक्ताको कार्यालयबाट २ जना वरिष्ठ वकिल पठाउने व्यवस्था हुनुपर्ने पनि माग गरेकी छन् ।

उनले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितताका लागि सरकारले पहल गर्नुपर्ने पनि भनेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...