नेता प्रदीप गिरिको निधनपछि भदौ १६ गतेसम्मका कांग्रेसका सबै कार्यक्रम स्थगित

Nepali congress bilding

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि आइतबार बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले भदौ १६ गतेसम्मका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकपछि जारी विज्ञप्तिमा पार्टीको आधा झन्डा झुकाउने निर्णय गरिएको छ ।

‘सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षीबीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। महान दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ ।’

बैठकले भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

यस्तै भदौ ६ गते सोमबारदेखि १३औं दिन (भदौ १६) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...