राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ, डीएनए टेष्ट गराउन तयार

Niharika 31

काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् । उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् । काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।

निहारिकाले बारम्बार डीएनए टेष्टको कुरा उठाइरहँदा आरोपित युवकले पनि आफू डीएनए टेष्ट गराउन तयार रहेको र डीएनए म्याचिङ भए हाँसीखुसी निहारिका र बालकलाई अपनाउने बताएका छन् ।

आफूलाई ‘बलात्कार’ गरी गर्भवती बनाउने युवकलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको भन्दै न्यायाधीश र आरोपित युवकलाई सजाय हुनुपर्ने माग गर्दै निहारिका लामो समयदेखि आन्दोलन गरिरहेकी छन् । आफू अन्यायमा परेको भन्दै न्यायको मागसहित उनी विभिन्न समयमा अनसनसमेत बसेकी छन् । उनको प्रमुख माग भनेको आफूलाई ‘बलात्कार’ गर्ने युवक र जायजन्म भएको बालकको डीएनए टेष्ट गराउने नै हो ।

आरोपित युवक शिवराज श्रेष्ठले आफू पीडक नभई पीडित रहेको दाबी गरे । अहिले आफू सबैतिरबाट तिरस्कृत भएको उनको भनाइ छ । जागिर खान जाँदा पनि काम नदिने र काम दिए पनि निहारिकाले बारम्बार अवरोध गर्ने गरेपछि सबैतिरबाट आफू निकालिएको उनले बताए ।

अहिले आफू अन्यको नजरमा बलात्कारी करार भएको र व्यक्तित्व विकास बन्द भएको, मानसिकरुपमा समेत विक्षिप्त बन्दै गएको र खराब मानिसको सङ्गतले आफू सकिएको उनले गुनासो गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...